Logo

प्रभुको नाफामा उल्लेख्य सुधार, नाफा ७३ प्रतिशतले बढ्दा कमायो १ अर्ब ४ करोड, खराब कर्जा उठौतीमा सुधार

प्रभुको नाफामा उल्लेख्य सुधार, नाफा ७३ प्रतिशतले बढ्दा कमायो १ अर्ब ४ करोड, खराब कर्जा उठौतीमा सुधार



काठमाडौं । प्रभु बैंक चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गतबर्षको सोही अबधिको तुलनमा आफ्नो नाफामा ७३ प्रतिशतले वृद्धि गर्दै उक्त नाफा कमाएको हो । गत बर्षको सोही अबधिमा बैंकले कुल ६० करोड ११ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

बैंकले व्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार गरेसँगै समग्र नाफामा सुधार गरेको हो । सो अबधिमा बैंकले व्याज आम्दानी ३६ प्रतिशते बढाउँदा खराब कर्जा झण्डै ५० प्रतिशतले घटाएको छ । गत बर्ष बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ४ दशमलव १२ प्रतिशत रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा घटाएर २ दशमलव ४७ प्रतिशतमा झारेको छ ।

सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले चुक्ता पूँजी पनि ४० प्रतिशतले पूँजी बृद्धि गर्दै ८ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ । हाल जगेडा कोषमा ५ अर्ब ६० करोड रुपैयाँ छ ।

सो अबिधमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २५ रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL