Logo

सिटिजन्स बैंकको प्रादेशिक कार्यालय पोखरामा, आफ्नै भवनमार्फत सेवा

सिटिजन्स बैंकको प्रादेशिक कार्यालय पोखरामा, आफ्नै भवनमार्फत सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ४ को प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले पोखराको सिमलचौरमा आफ्नै सुविधा सम्पन्न भवन स्थापना गरेको हो ।

बैंकले संचालनमा ल्याएको उक्त प्रादेशिक कार्यालयबाट प्रदेश नं ४ अन्तरर्गत बैंकका ५ शाखाहरु ( बागलुंग, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौर) बाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू गर्ने भएको छ ।

बैंकले ८० शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL