Logo

एनआईसी एशिया बैंकको एकै दिन २ शाखारहित बैंकिङ सेवा विस्तार, पुग्यो दार्चुलाको महाकालीमा

एनआईसी एशिया बैंकको एकै दिन २ शाखारहित बैंकिङ सेवा विस्तार, पुग्यो दार्चुलाको महाकालीमा



काठमाडौं । एनआईसी एशिया बैंकले दार्चुलाको महाकाली नगरपालिकामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा उक्त नगरपालीकाको वडा नं. ७ र ९ मा शाखा विस्तार गरेको हो ।

बैंकले विस्तार गरेको वडा नं. ७ को उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्ना र वडा नं. ९ को भने वडा अध्यक्ष हर सिंह डाँगाले उद्घाटन गरेका हुन । बैंकले प्रतिनिधिको रुपमा शेर सिंह रैखोला र कृष्ण सिंह चौैसिरलाई नियुक्त गरेको छ ।

उक्त शाखाहरु मार्फत ग्राहकले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लगायतका सेवा पाउनेछन ।

बैंकले २ सय ७० शाखा, २ सय ८९ एटिएम, ३७ एक्सटेन्सन काउण्टर एवं २२ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १३ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL