Logo

सिटिजन्सको अनलाइन सेवा संचालन, घरै बसेर खाता खोल्न मिल्ने

सिटिजन्सको अनलाइन सेवा संचालन, घरै बसेर खाता खोल्न मिल्ने



काठमाडौं । सिटिजन्स बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा संचालनमा ल्याएको छ ।

बैंकले सरल, सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । देश भित्र तथा बाहिर रहेका नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।

अनलाईन सुविधासँगै बैंकमा खाता खोल्न बैंक धाउनु नपर्ने विश्वास बैंकले लिएको छ । ग्राहकले बैंकको वेवसाईटमार्फत खाता खोल्न सक्नेछन ।

यस अघिपनि बैंकले अनलाइन आश्वा, डिम्याट, केवाईसी, मेरो सेयर तथा स्मार्ट बैंकिङ जस्ता सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंकले ८० शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतका सेवा प्रवाह गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL