Logo

प्रभु बैंकको शाखा गोरखाको बारपाकमा, ५ जना भुकम्प पिडितलाई सहुलियत ऋण

प्रभु बैंकको शाखा गोरखाको बारपाकमा, ५ जना भुकम्प पिडितलाई सहुलियत ऋण



काठमाडौं । प्रभु बैंकले शनिबार देखी गोरखाको बारपाक सुलीकोटमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरी सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गरेकोमा बधाई ज्ञापन गरेका छन ।

त्यस्तै नेपाल पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले बारपाकमा शाखा विस्तार गरी प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गरी प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको बताएका छन ।

सोही अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पिडितहरुलाई बैंकको तर्फबाट सहुलियत ब्याजमा भुकम्प पिडित घरकर्जा स्वीकृत गरी सम्बन्धित भुकम्प पिडितहरुलाई हस्तान्तरण गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL