Logo

फेरी तोडियो बैंकर्स संघको भद्र सहमति, निक्षेपमा ब्याजको सिमा हट्यो

फेरी तोडियो बैंकर्स संघको भद्र सहमति, निक्षेपमा ब्याजको सिमा हट्यो



काठमाडौं । पटक पटक भद्र सहमति गर्दै तोड्दै आएको बैंकर्स संघले पुनः सहमति तोडेको छ । यस अघि बैंकले ब्यक्तिगत मुद्दती निक्षेपमा साढे १० देखि ११ प्रतिशतसम्म भन्दा बढी ब्याज दिन नपाउने सहमति गरेको संघले आज उक्त सहमति तोड्दै ब्याजको सिमा खुला गरिदिएको छ ।

केही बैंकहरुले कल डिपोजिटमा सहमति विपरित ब्याज दिएको भन्दै बैंकर्स संघले कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । तर, त्यसरी ब्याज बढाउने बैंकलाई कारबाही गर्दा संघनै फुट्नसक्ने सम्भावना बढेपछि व्यक्तिगत निक्षेप र बचतमा आफुखुशी आपसी सहमतिमा ब्याजदर तोक्न सक्ने व्यवस्था गरेको हो ।

बैंकर्स संघको मंगलबार बसेको बैंठकले निक्षेप दिने ब्याजदरमा यस अघि लगाएको सबैजसो सिमालाई हटाएको बैंठकमा सहभागी एक बैंकर्सले जानकारी दिए । ‘यस अघि १० बर्षमाथिको संस्थागत निक्षेपकर्तालाई ११ प्रतिशतभन्दा बढी व्याज दिन नपाईने व्यवस्था थियो, ती बैंकरले भने, ‘आज भएको निर्णय अनुसार त्यस्ता निक्षेपमा पनि आपसी सहमतिमा मोलबढावटमा ब्याजदर तय गर्न सकिनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL