Logo

एनआईसी एशिया बैंकको चाडपर्व अफर, तीनपटक पैसा पठाउँदा एक पटक निशुल्क रेमिटान्स सेवा

एनआईसी एशिया बैंकको चाडपर्व अफर, तीनपटक पैसा पठाउँदा एक पटक निशुल्क रेमिटान्स सेवा



काठमाडौं । एनआईसी एशिया बैंकले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै’ भन्ने नारा सहित नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको उपलक्ष्यमा आन्तरिक रुपमा विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबारमा निःशुल्क पठाउने ब्यवस्था गरेको छ ।

बैंकले ल्याएको सो सुविधा यही असोदेखि मंसिर महिनासम्म लागू हुुनेछ । योे समयमा रेमिटान्स पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट बैंकमार्फत सजिलै रकम पठाउन तथा निकाल्न सकिने बैंकले जानकारी दिएको छ । एनआईसी रेमिटमार्फत रकम पठाउने ग्राहकले ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन सक्नेछन ।

सो सेवा एनआईसी एशिया बैंकको २ सय ४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ ईकाई एवं ६ हजार ५ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL