Logo

प्रभु बैंक र एनबीआईबीच सम्भौता, बैंकका कर्मचारीलाई ५० लाख बराबरको तालिम उपलब्ध गराउने

प्रभु बैंक र एनबीआईबीच सम्भौता, बैंकका कर्मचारीलाई ५० लाख बराबरको तालिम उपलब्ध गराउने



काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) र प्रभु बैंकबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंक र एनबीआई बीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार एनबीआईले प्रभु बैंक का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार प्रभु बैंक ले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL