Logo

सिटिजन्स बैंकलाई आइक्यानको बेष्ट प्रिजेन्टेड अवार्ड, उत्कृष्ट बार्षिक प्रतिवेदन

सिटिजन्स बैंकलाई आइक्यानको बेष्ट प्रिजेन्टेड अवार्ड, उत्कृष्ट बार्षिक प्रतिवेदन



काठमाडौं । द इन्स्चिीच्युट अफ चाटर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) ले सिटिजन्स बैंकलाई पुरस्कृत गरेको छ । कम्पनीले बैंकिङ क्षेत्रमा राम्रो बार्षिक प्रतिवेदन बुझाएबापत बैंकलाई बेस्ट प्रिजेन्टेड यानुअल रिपोर्ट २०१७ द्धारा पुरस्कृत गरेको हो ।

उक्त पुरस्कार आइक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई मूल्यांकन गरि दिने गर्दछ ।

यसका साथै कम्पनीले संस्थागत सुशाशन,बैंकको उदेश्य,जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणी का आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई दिईने पुरस्कार हो ।

यस अघि पनि बैंकको वार्षिक प्रतिवेदनलाई बेस्ट प्रिजेन्टेड यानुअल रिपोर्ट २०१५ बाट पुरस्कृत गरिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL