Logo

राष्ट्रिय बाणिज्य बैकको एकैसाथ ४ शाखा विस्तार, प्राथमिकतामा आधुनिक बैंकिङ

राष्ट्रिय बाणिज्य बैकको एकैसाथ ४ शाखा विस्तार, प्राथमिकतामा आधुनिक बैंकिङ



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एकैसाथ ४ शाखा विस्तार गरेको छ ।

बैंकले मनाङको नेस्याङ, रौतहटको मौलापूर, रौतहटकै इशनाथ र मोरङको कटहरीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताएका छन ।

बैंकले हाल ७२ जिल्लाबाट १ सय ९९ शाखा, १ सय ३५ एटिएम र ९३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व रुपैयाँ निक्षेप संकलन गरी १ खर्व १२ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ भने ३ अर्व ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL