Logo

सिटिजन्स बैंक र पानस रेमिट बीच सम्झौता, ७४ वटै शाखा मार्फत रकम झिक्न सकिने

सिटिजन्स बैंक र पानस रेमिट बीच सम्झौता, ७४ वटै शाखा मार्फत रकम झिक्न सकिने



काठमाडौं । सिटिजन्स बैंक र पानस रेमिट प्रा.लि. बीच विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरु बाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैकको ७४ वटै शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्म राज पौडेलले बुधबार हस्ताक्षर गरेको छ ।

सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले ७४ शाखा, ७० ए.टि.एम. र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटान्स सेवा, बैकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL