Logo

एनएमबि माइक्रोफाइनान्सका लगानीकर्तालाई अफर, १५० प्रतिशत हकप्रद सेयर जारी

एनएमबि माइक्रोफाइनान्सका लगानीकर्तालाई अफर, १५० प्रतिशत हकप्रद सेयर जारी



काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनी संचालक समितिको हिजो बसेको बैठकले १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीको पूँजी बृद्धि गर्दा हकप्रदबाट चुक्ता पूँजी बृद्धि गर्न नदिने नीति अबलम्ब गर्ने बताइरहँदा एनएमबि माइक्रोफाइनान्सले सोभन्दा अघि नै १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

साथै संचालक समितिले उक्त विशेष प्रस्तावलाई आगामी दिनमा बस्ने कम्पनीको साधारणसभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL