Logo

एनआईसी एशिया बैंकले बढायो काउन्टर सञ्चालन समय, अब दैनिक १० घण्टा बैंकिङ कारोबार

एनआईसी एशिया बैंकले बढायो काउन्टर सञ्चालन समय, अब दैनिक १० घण्टा बैंकिङ कारोबार



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शाखाहरुको सेवा समयावधि बढाएको छ । बैंकले आजैबाट लागु हुने गरि काठमाडौं उपत्यका भित्रका १० ओटा शाखा र उपत्यका बाहिरका १० शाखा गरि जम्मा २० ओटा शाखाको सेवा अवधि बढाएको हो । बैंकका ग्राहकले उक्त शाखाहरुबाट आजैबाट विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ । उक्त समयावधि आइतबारदेखि विहिबार सम्म लागु हुने पनि बैंकले जानकारी दिएको छ । साथै शुक्रबार भने सेवाग्राहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सक्नेछन ।

यी शाखाहरुबाट लिन सकिन्छ सेवा

  • शाखा कार्यालय ठेगाना
  • त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
  • महाराजगंज महाराजगंज, काठमाण्डौं
  • सामाखुसी सामाखुसी, काठमाण्डौं
  • नयाँ बानेश्वर नयाँ बानेश्वर, काठमाण्डौं
  • पुल्चोक पुल्चोक, ललितपुर
  • कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
  • ठमेल ठमेल, काठमाण्डौं
  • न्युरोड, बिशाल बजार न्युरोड, बिशाल बजार, काठमाण्डौं
  • न्युरोड, खिचापोखरी न्युरोड, खिचापोखरी, काठमाण्डौं
  • कमलादी कमलादी, काठमाण्डौं
  • नारायणगढ नारायणगढ, चितवन
  • वीरगंज वीरगंज, पर्सा
  • पोखरा महेन्द्रपुल, कास्की
  • धरान धरान, सुनसरी
  • बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
  • इटहरी इटहरी, सुनसरी
  • बुटवल बुटवल, रुपन्देही
  • दमक दमक, झापा
  • बिर्तामोड बिर्तामोड, झापा
  • नेपालगञ्ज नेपालगञ्ज, बाँके
laxmi

प्रतिक्रिया दिनुहोस्
MBL