Logo

सनराइज बैंकको शाखा पाल्पाको निस्दीमा, स्वास्थ्य परीक्षणमा २० प्रतिशत छुट

सनराइज बैंकको शाखा पाल्पाको निस्दीमा, स्वास्थ्य परीक्षणमा २० प्रतिशत छुट



काठमाडौं । सनराइज बैंकले बुधबार पाल्पाकोे निस्दीमा आफ्नो ८६ औं शाखा बिस्तार गरेको छ ।

उक्त शाखाको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सरूले उदघाटन गरेका हुन ।

ग्रामीण क्षेत्रमा सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले पाल्पाकोे निस्दीमा शाखा विस्तार गरेको हो ।

बैंकले बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ समेत सुरु गर्दै आईरहेको छ ।

बैंकको ग्राहकले उक्त बीमा अन्तर्गत ७० भन्दा वढी तोकिएको निजी अस्पतालहरुमा उपचार गराउँदा २० प्रतिशत सम्म छुट पाउने भएको छ ।

साथै बैंकले ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा समेत प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL