Logo

एनआईसी एसियाको मुद्दती निक्षेप पुनः सञ्चालन, ८० प्रतिशतसम्म कर्जा सुबिधा

एनआईसी एसियाको मुद्दती निक्षेप पुनः सञ्चालन, ८० प्रतिशतसम्म कर्जा सुबिधा



काठमाडौं । एनआईसी एसिया बैंकले उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।

धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा ब्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने छ ।

मुद्दती निक्षप योजना अन्तरगत देशभर रहेका बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिनेछ ।

साथै एक बर्षको अवधिको लागि खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधा समेत बैंकले उपलब्ध गराउने भएको छ ।

बैंकको हाल २ सय १८ शाखा २ सय १० एटिएम १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL