Logo

संगीतकार संघलाई सिटिजन्स बैंकको १५ लाख सहयोग, साङगीतिक अभियानमा प्रयोग

संगीतकार संघलाई सिटिजन्स बैंकको १५ लाख सहयोग, साङगीतिक अभियानमा प्रयोग



काठमाडौं । सिटिजन्स बैंकले संगीतकार संघलाई १५ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकले ‘योर पार्टनर फरप्रोग्रेस’ भन्ने मुल नारालाई आत्मासाथ गर्दै बैंकको ११ औं बार्षिक उत्सवको अवसरमा उक्त रकम संघलाई हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई १५ लाखको चेक हस्तान्तरण गरेको हो । संघका अध्यक्ष विडारीले उक्त रकम मेची–महाकाली साङगीतिक अभियानमा प्रयोग गर्ने बताएका छन ।

बैैंकले ६८ शाखा र ६८ एटीएमबाट सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रयमास सम्ममा ६० अर्ब २५ करोड रुपैंया निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । सोहि अवधि भित्र १ अर्ब १७ करोड ७४ लाख रुपैंया संचालन मुनाफा र १ अर्ब ९८ लाख रुपैंया खुद नाफा कमाएको बैंकले जानकारी दिएको छ । जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमस ३२ दशमलव ७२ र १४ दशमलव ३९ प्रतिशतले वृद्धि भएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL