Logo

प्राईम र लक्ष्मी बैंकले ४२ प्रतिशतले नाफा बढाउँदा सेञ्चुरीको १०२ प्रतिशतले बृद्धि

प्राईम र लक्ष्मी बैंकले ४२ प्रतिशतले नाफा बढाउँदा सेञ्चुरीको १०२ प्रतिशतले बृद्धि



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ९ महिनाको वित्तीय विवरण सर्वजनिक गरेका प्राईम कमर्सिल बैंक, लक्ष्मी बैंक र सेञ्चुरी बैंकले आफ्नो नाफामा उल्लेख्य सुधार गरेका छन् । आजै मात्र वित्तीय विवरण सार्वजनिक गरेका यी बैंकले आफ्नो नाफामा शतप्रतिशतसम्म बृद्धि गरेका छन् ।

आजै वित्तीय विवरण सार्वजनिक गरेको लक्ष्मी बैंकले चालु आर्थिक बर्षको ९ महिनामा ८० करोड २६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अबधिको तुलनामा करिब ४२ प्रतिशतले बढि हो ।

बैंकले सो अबधिसम्म आईपुग्दा ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ रहेको सो बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैयाँ छ

खराब कर्जा १ दशमलव १६ प्रतिशत रहेको सो बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ छ ।

यस्तै प्राइम कमर्सियले पनि आफ्नो नाफामा ४२ प्रतिशतले बृद्धि गर्दै १ अर्ब २५ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । बैंकले सो अवधिसम्म आईपुग्दा ७४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको सो बैंकको जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ छ । यस्तै बैंकको खराब कर्जा १ दशमलव ०६ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ छ ।

यसैगरी आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको सेञ्चरी बैंकले भने आफ्नो नाफामा दोब्बरभन्दा बढिले बृद्धि गरेको छ । बैंकले आफ्नो नाफामा १ सय २ प्रतिशतले सुधार गर्दै ६३ करोड रुपैयाँ पुर्याएको छ । बैंकले गत आबको सोही अबधिमा ३३ करोड १४ लाख रुपौयँ कमाएको थियो ।

बैंकले ब्याज आम्दानीमा सुधार गरेसँगै नाफामा उच्च बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अबधिधसम्म आइपुग्दा बैंकले ५२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २१ करोड रुपैयाँ छ । खराब कर्जा शुन्य दशलमव ७९ प्रतिशत रहेको सो बैंकको प्रति सेयर आम्दानी १० रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL