Logo

सिभिल बैंकले सुरु गर्यो स्मार्ट बैंकिङ, मोबाईल मार्फत बस्तु खरिद गर्न सकिने

सिभिल बैंकले सुरु गर्यो स्मार्ट बैंकिङ, मोबाईल मार्फत बस्तु खरिद गर्न सकिने



काठमाडौं । सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन सार्वजनिक गरेको छ ।

बैंकले ल्याएको स्मार्ट एप्लिकेशन मार्फत ग्राहकले खाताको विवरण हेर्न, अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण, ल्यान्डलाइन, एडीयसयल, डिसहोमको बील भुक्तानी गर्न सकिने छ ।

साथै उक्त एप्लिकेशन मार्फत १ सय ५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्न समेत सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले ३७ अर्ब रुपैंया भन्दा बढी निक्षेप परिचालन गरी करीव ३६ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । बैंकको कुल शाखा संख्या ६० पुगेकोे जारी बिज्ञप्तीमा एललेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL