Logo

एनआइसी एशिया र एम एन्ड एम रेमिटबीच सम्झौता, मलेशियाबाट इनवार्ड सेवा

एनआइसी एशिया र एम एन्ड एम रेमिटबीच सम्झौता, मलेशियाबाट इनवार्ड सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसी एशिया बैंक र एम एन्ड एम रेमिट मौरीससबीच सम्झौता भएको छ ।

उक्त सम्झौतासँगै एम एण्ड एममार्फत कतार, यूएई, साउदी अरब र मौरिससबाट नेपालमा विप्रेषण भित्र्याउन सकिने भएको छ ।

यसैगरी बैंकले मलेसियाबाट इनवार्ड रेमिटेन्सको शुरुवात गर्ने भएको छ । सोका लागि म्याक्स मनि मलेसियासँग सम्झौता गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको बैंकले जानकारी दिएको छ ।

सम्झौता अनुसार उक्त रेमिटमार्फत विभिन्न देशहरुबाट पठाएको विप्रेषण रकम बैंकका देशभर रहेका १ सय ८४ वटा शाखाहरु र ४हजार ६ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बंैकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL