Logo

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा


बिजखबर संवाददाता
54
Shares

ग्लोबल आइएमई बैंकले थप २ शाखारहित बैंकिङ विस्तार गरेको छ । बैंकले तनहुँको भानु नगरपालीकाको कालीमाटीमा ७१ औं र लम्जुङको मध्यनेपाल नगरपालिका ३, सोतीपसलमा ७२ औं शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

कालीमाटीमा खोलिएको शाखाको उद्घाटन भानु नरपालिकाका मेयर उदयराज गौलीले गरेका हुन् । सो शाखाको लागि व्यवसायीक प्रतिधिनिधिमा स्थानीय उपेन्द्रबाबु तिवारीलाई नियुक्त गरिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय १५ वटा शाखा, १ सय २७ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजस्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL