Logo

पाल्पामा पुग्यो ग्लोबल आईएमई बैंक, एकैदिन खोल्यो २ शाखा

पाल्पामा पुग्यो ग्लोबल आईएमई बैंक, एकैदिन खोल्यो २ शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार पाल्पाको तानसेन र काठमाडौंको जोरपाटीमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकले पाल्पा जिल्लामा आफ्नो पहिलो शाखा कार्यालय खोलेको हो । तर, काठमाडौंमा भने आज ३५ औं शाखा विस्तार गरेको जानकारी दिएको छ । यससँगै बैंकको शाखा संख्या १ स ५५ पुगेको छ ।

बैंकले आफुलाई देशका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्धेश्यले ७ वटै प्रदेशमा १ सय १५ वटा शाखा, १ सय २७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त संचालनमा ल्याइसकेको छ ।

स्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको समेत सुरुवात गरेको छ ।
बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL