Logo

समस्याग्रस्तबाट हटेकोे बेस्टले सिजर्नी खरिद गर्दै, सेयर स्वाप रेसियो कति ?

समस्याग्रस्तबाट हटेकोे बेस्टले सिजर्नी खरिद गर्दै, सेयर स्वाप रेसियो कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई खरिद गर्ने भएको छ । समस्याग्रस्तबाट हटेको बेस्टले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन सिनार्जीलाई प्राप्ति गर्न लागेको हो ।

बेस्ट फाइनान्सले बिहीबार पत्रकार सम्मेलन गर्दै सिनर्जीलाई प्राप्ती गर्न दुई बम्पनीबीच सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको बेस्टका अध्यक्ष पदमराज न्यौपानेले बताए ।

तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । तर, नयाँ लगानीकर्ताले त्यसलाई लिएर समस्याग्रस्तबाट हटाउनुका साथै नाम समेत परिवर्तन गरेर बेस्ट बनाएको थियो ।

सिजर्नी प्राप्ती पछि कम्पनीको नाम बेष्ट फाइनान्स नै हुनेछ । साथै सो संस्थाको अध्यक्षमा पनि न्यौपानेले नै निरन्तरता पाउने भएका छन् । तर, प्रमुख कार्यकारी अधिकृत भने सिनर्जी बिनितमणि उपाध्याय रहनेछन् ।

यी दुई संस्थाबीच आगामी ५ महिनाभित्रै प्राप्ती गर्ने कार्य पुरा हुने भएको छ । तर, सेयरस्वाप रेसियो भने दुबै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) रिपोर्ट पछि मात्र तय हुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL