Logo

न्युरोडमा खुल्यो गरिमा विकास बैंकको ४८ औं शाखा, थप ११ शाखा खुल्दै

न्युरोडमा खुल्यो गरिमा विकास बैंकको ४८ औं शाखा, थप ११ शाखा खुल्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गरिमा विकास बैंकले न्यूरोडमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच न्युरोडमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

बिस्तारित शाखाबाट लकर सुविधातथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधापाउने बैंकले जानकारी दिएको । गरिमाले राजधानीमा ५ शाखा सहित देशभर ४८ शाखातथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । विकास बैंकहरुमा उत्कृट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ ।

यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्य ५ स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL