Logo

तराईका बाढी पीडितलाई मुक्तिनाथको ५ लाख सहयोग

तराईका बाढी पीडितलाई मुक्तिनाथको ५ लाख सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले तराई जिल्लाहरुमा बाढी र डुबानबाट पीडितहरुका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाढीले सो क्षेत्रमा पुर्याएको क्षतिबाट सो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय जनताहरुलाई आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान गरेको छ ।

बाढी पहिरोबाट क्षति पुगेका जिल्लाहरुका जनताहरुलाई राहतका रुपमा भौतिक सहयोग स्वरुप उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ । ग्रामीण स्तरमा कार्यक्षेत्र बनाएर वित्तीय कारोबार गर्दै आएको सो बैंकले संस्थातग सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न खालका सहयोग प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL