Logo

एनआईसी एशियाले २० प्रतिशत बोनस शेयर दिने, अध्यक्षमा तुलसीराम अग्रवाल चयन

एनआईसी एशियाले २० प्रतिशत बोनस शेयर दिने, अध्यक्षमा तुलसीराम अग्रवाल चयन


बिजखबर संवाददाता
0
Shares

एनआईसी एशिया बैंकले आफ्ना शेयर धनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको काठमाडोंमा शुक्रवार सम्पन्न २० औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
यससँगै बैंकका शेयरधनीले २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर पाउने छन् । त्यस्तै, शेयरधनीले १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४लाख४८ हजार ३ सय ९५ नगद लाभांश समेत प्राप्त गर्ने छन् ।
सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।

अध्यक्षमा अग्रवाल
उक्त वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवा, तुलसीराम अग्रवाल र रामचन्द्र संघईलाई चयन गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा सञ्चालकमा निर्वाचित गरेको छ । यस अघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेश मानश्रेष्ठलाई नियुक्त गरेको थियो । साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

५ लाख ७० हजार ग्राहक
बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्गग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवाप्रदान गरिरहेको  उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL