Logo

लुम्बिनी बिकास बैंकको शाखा कुरिनटारमा, शाखा संख्या ५५ पुग्यो

लुम्बिनी बिकास बैंकको शाखा कुरिनटारमा, शाखा संख्या ५५ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लुम्बिनी बिकास बैंकले चितवनको कुरिनटारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ‘ग्रामीण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता’ नारा अन्तगरगत रही बहुसंख्यक जनता माझ बैंकिङ्ग सेवा पुर्याउने लक्ष्य अनुरुप नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकले आज एक कार्यक्रमबीच चिवतनको कुरिनटारमा आफ्नो ५५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । उतm शाखाको उद्घाटन ईच्छाकामना गाँउपालिका अध्यक्ष गीताकुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैकका संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरी सो क्षेत्रका जनताहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि लक्ष्य अनुरुप नयाँ शाखा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।

उक्त शाखाबाट निक्षेप तथा कर्जा सुविधाका साथै आस्वा, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकरलगायतका सुविधाहरु उपलब्ध हुनेछ । हाल बैंकले कुल ५५ वटा शाखा, १२ वटा एटीएमबाट बैकिङ्ग सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL