Logo

बाढी पीडितलालई ग्लोबल आईएमई बैंकको ६५ लाख सहयोग, दैवीप्रकोप उद्धार कोषमा हस्तान्तर

बाढी पीडितलालई ग्लोबल आईएमई बैंकको ६५ लाख सहयोग, दैवीप्रकोप उद्धार कोषमा हस्तान्तर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । तराइमा आएको बाढीपहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि बैंकले कोषमा उक्त रकम प्रदान गरेको हो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् ।

कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख रुपैयाँ तथा बैंकमाकार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैया गरि कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको हो ।

कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग अध्यक्ष ढकालले जानकारी दिए । साथै भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL