Logo

एनआईसी एशियाको ‘सीएसआर’, अनाथ बालबाटिका संघलाई शैक्षिक सामग्री प्रदान

एनआईसी एशियाको ‘सीएसआर’, अनाथ बालबाटिका संघलाई शैक्षिक सामग्री प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशियले आफ्नो सामाजि उत्तर दायित्व अन्तरगत भैसेपाटी स्थित अनाथ बाल बाटिका संघमा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सीएसआर अन्तरगत बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको हो ।

साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जस्मा करीब १ सय ५० जना रक्तदाताले रक्तदान गरेका थिए ।

बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८ हजार विरुवाहरु वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL