Logo

सातामा कर्जा १५ अर्बले बढ्दा २० अर्ब निक्षेप थुप्रियो, कुल निक्षेप २० खर्ब पुग्दै

सातामा कर्जा १५ अर्बले बढ्दा २० अर्ब निक्षेप थुप्रियो, कुल निक्षेप २० खर्ब पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बाणिज्य बैंकहरुमा एक सातामै निक्षेप संकलन २० अर्ब रुपैयाँले बढेको छ । लामो समय लगानी योग्य पूँजीको अभावमा रहेको बैंकहरुमा पछिल्लो समय निक्षेप संकलन ह्वात्तै बढेको बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको ।

एक सातामा निक्षेप संकलन २० अर्ब रुपैयाँले बढ्दा कर्जा प्रर्वाह १५ अर्ब रुपैयाँ भएको छ । पछिल्लो समये निक्षेप र कर्जा प्रबाह ह्वात्तै बढेको छ ।

बाणिज्य बैंकहरुको कुल निक्षेप अब १९ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । ऋण लगानी पनि १६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL