Logo

 एनआईडीसी प्राप्ति गर्ने प्रस्ताव पारित, असारबाट एकिकृत कारोवार

 एनआईडीसी प्राप्ति गर्ने प्रस्ताव पारित, असारबाट एकिकृत कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले एनआइडीसी डेभलपमेन्ट बैंकलाई खरिद गर्ने प्रस्ताव पारित गरेको छ बैंकको हिजो भएको साधारणसभले उक्त प्रस्ताव पारित गरेको हो ।

केही समय अघि मन्त्रिपरिषद्ले नै दुई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्टलाई एक आपसमा गाभ्ने निर्णय गरेसँगै दुबै सस्ंथाको साधारणसभाले उक्त निर्णय गरेका हुन् । उक्त निर्णयसँगै मर्जर कमिटि पनि गठन भसकेको छ भने सो सम्बन्धमा अर्थमन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक, एनआईडीसी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरिय कमिटि समेत गठन भएको छ राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

मर्जरलाई तत्काल सम्पन्न गर्त एनआईडीसीले डीडीए रिपोर्ट तयार गर्नेे तथा रावा बैंकले पुस मसान्तको तथ्याङ्कलाई आधार मानेर नेट ओर्थ तयार पर्ने काम भएको श्रेष्ठले जानकारी दिए । तर, एनआईडीसीको भने डीडीए रिपोर्ट तयारकै क्रममा रहेको उनको भनाइ थियो ।

दुबै संस्थाले आ–आफ्नो तर्फबाट कागजात तयार गरी असार मसान्तबाट एकिकृत कारोवार गर्ने लक्ष्य रहेको समेत उनले जानकारी दिए ।

हाल ६८ जिल्लामा १ सय ७४ वटा शाखा कार्यालय, १ सय ६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट सरकारी कारोबार गर्दै आएको छ । द्धन्द्धकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ । बैंकले चालू आर्थिक वर्षको त्रैमाससम्ममा १ खर्ब ३५ अर्व निक्षेप संकलन गरी १ खर्व १ अर्व कर्जा लगानी गरेको छ । जसबाट २ अर्व ७ करोड खुद मुनाफा कमाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL