Logo

अबदेखि एक बैंकमा एउटा मात्र खाता, कार्ड दुरुपयोग गरेको राष्ट्र बैंकको ठहर

अबदेखि एक बैंकमा एउटा मात्र खाता, कार्ड दुरुपयोग गरेको राष्ट्र बैंकको ठहर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अबका दिनमा एउटा बैंकमा एउटाभन्दा बढी खाता खोल्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाले स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक व्यक्तिको एकभन्दा बढी खाता खोल्न बन्देज लगाएको हो ।

यस अघि एउटै बैंकमा एकै व्यक्तिको नाममा एकभन्दा बढी बचत खाता र एटिएम कार्ड संचालनमा भए त्यसलाई समेत रोक लगाउन निर्देशन दिएको छ । एकै बैंकमा एउटै व्यक्तिको धेरै खाता हुँदा बैंकलाई नियमन गर्न पनि झण्झटिलो हुने र त्यसरी लिएका एटिएम कार्डको पनि दुरुपयोग भएको हुँदा एक व्यक्ति एक खाताको अवधारण ल्याइएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार एउटै व्यक्तिले धेरै वटा एटिएम कार्ड प्रयोग गर्दा सीमा नाका तथा भारतमा गएर बढी रकम निकाल्ने क्रम बढेकाले त्यसलाई समेत न्युनिकरण गर्न नयाँ व्यवस्था लागू गरिएको हो । ‘अहिले भारतीय बजारमा गएर धेरै वटा एटिएम कार्ड प्रयोग गर्दै रकम निकाल्ने क्रम बढेको पाइयो,’ उनले भने, ‘त्यस्ता कार्यको न्युनिकरण र बैंकलाई समेत आफ्ना खातावाताहरुको नियमन गर्न सहज बनाउने उद्देश्य अनुरुप एक व्यक्ति एक खाताको व्यवस्था गरिएको हो ।’

बैंकमा खाता खोल्दा भरिने केवाइसी (नो योर कस्टुमर) फर्मलाई समेत कडाइ गर्ने उद्देश्य अनुरुप राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेको जानकारी दिएको छ । उक्त व्यवस्था लागू भएसँगै बैंक खाताबाट हुन सक्ने विदेशी मुद्राको अपचलन तथा उक्त खातामार्फत नेपाल भित्रन् सक्ने गैरकानुनी कारोवारलाई न्युनिकरण गर्न सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ । तर, यो व्यवस्था मुद्दती खाताको हकमा भने लागु नहुने राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले बचत खातामा न्युनतम ब्याजदर १ प्रतिशत हुनुपर्ने बताएको छ । कल खाता र बचत खाताको ब्याजदर समान बनाउन यस अघि जारी गरेको निर्देशनलाई थप स्पष्ट्र पार्दै उक्त निर्देशन दिएको हो । साथै ऋण दिदा बैंकहरुले लिने सेवा शुल्कमा कडाई गर्दे बैंकले ऋण नदिएमा सेवाग्राहीबाट सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा प्रसाशनिक खर्च लिन पाउने व्यवस्था भएपनि कर्जा अस्वीकृत भएको अवस्थामा त्यस्तो रकम तत्काल सेवाग्राहीको खातामा फिर्ता गर्नुपर्ने भएको छ ।

कर्जा प्रवाह गर्दा सेवाग्रहीसँग लिने शुल्कमा प्रशासिनक र प्रतिबद्धता शुल्कको फरक शुन्य २५ प्रतिशतभन्दा फरक पार्न पाइने छैन । कर्जा प्रवाह गर्दा लिइने प्रशासनिक र प्रतिवद्धता शुल्क वाहेक कर्जासँग सम्बन्धित सबै शुल्कहरु व्याजदरमानै प्रतिविम्व हुनुपर्ने समेत राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यस्तो छ राष्ट्र बैंकको सर्कुलर

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL