Logo

विराट र कन्ट्री खरिद गर्न प्राइमलाई राष्ट्र बैंकको स्वीकृति, बैशाखबाट एकिकृत कारोवार

विराट र कन्ट्री खरिद गर्न प्राइमलाई राष्ट्र बैंकको स्वीकृति, बैशाखबाट एकिकृत कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकलाई विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक एक्वायरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक संचालक समितिको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्राइमले विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक खरिदका लागि राष्ट्र बैंक समक्ष निवेदन दिएको थियो । सोही अनुरुप राष्ट्र बैंकले तीनवटै संस्थालाई एक्विजिशनमा जान अन्तिम सहमति दिएको हो ।

राष्ट्र बैकले सहमति दिएसँगै बैंशाख तेस्रो हप्ताबाट एकिकृत कारोवार गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए । ‘एकिकृत कारोवारको लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं,’ उनले भने, ‘सोही अनुरुप सकभर चाडै एकिकृत कारोवार गर्ने छौं ।’

दुई वटा विकास बैंक खरिदसँगै प्राइम बैंकको चुक्ता पूँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले दुई विकास बैंक खरिदका लागि अन्तिम सहमति दिँएसँगै बैंकलाई २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन सहज हुने भएको छ ।

प्राइले विराटलक्ष्मीलाई १ सय बरावर ७५ र कन्ट्री डेभलपमेन्टलाई १ सय बरावर ४० मा सेयर स्वाप गरेको थियो । दुई विकास बैंक खरिदसँगै प्राइमको शाखा संख्या ५२ पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL