Logo

हिमालयन पावरको ३१ लाख ४० हजार कित्ता सेयर बाँडफाँड, बाँडफाँडमा नपरेको रकम चैत१३ देखि फिर्ता

हिमालयन पावरको ३१ लाख ४० हजार कित्ता सेयर बाँडफाँड, बाँडफाँडमा नपरेको रकम चैत१३ देखि फिर्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाँडफाँड गरेको छ । कम्पनीले संकलन ३१ लाख४० हजार ८ सय ६० कित्ता सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले विभिन्न केन्द्रहरुबाट कुल ९ हजार ४ सय ७४ आवेदन फारम मार्फत जम्मा ३१ लाख ४१ हजार ९ सय ३५ कित्ता आवेदन प्राप्त भएकोमा थियो । जसमा ९ हजार ४ सय ६८ जना आवेदकलाई ३१ लाख४० हजार ८ सय ६० कित्ता शेयर बुधबार ग्लोबल आइएमई क्यापीटल लिको कार्यालय, जमलमा बाँडफाँड गरिएको थियो ।

साथै बाँडफाँडमा नपरेको रकम फिर्ता भुक्तानी चैत १३ गतेदेखि शेयर दरखास्त आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको बैंक खातामा सोझै नेपाल क्लियरिङ हाउस लिमिटेडको इन्टर बैंक पेमेन्ट सिस्टमद्धारा भुक्तानी गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

आवेदकहरुमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख ३२ हजार ७ सय कित्ता शेयर ३ हजार ६ सय ५८ जना मध्ये ३ हजार ६ सय ५७ जनालाई सेयर बाँडफाँड गरिएको हो । अन्य लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई ५ लाख ३२ हजार ७ सय ९ कित्ता शेयर ५ हजार ८ सय १६ जना मध्ये ५ हजार ८ सय ११ जनालाई समानुपातिक रुपमा शेयर बाँडफाँड गरिएकोे जानकारी हो ।

प्रभावित क्षेत्रका बासिन्दाहरुको हकमा ५० कित्ता शेयर आवेदन गर्ने आवेदकहरुलाई न्युनतम ३४ कित्ता प्रदान गरिएको छ । त्यस्तै बाँकीका हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL