Logo

स्ट्याण्डर्डको एफपीओमा साढे २८ अर्बको आवेदन, कति पाउँलान् लगानीकर्ताले ?

स्ट्याण्डर्डको एफपीओमा साढे २८ अर्बको आवेदन, कति पाउँलान् लगानीकर्ताले ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको फरदर पब्लिक अफरिङ (एफपीओ) मा साढे २८ अर्ब रुपैयाँ बराबरको आबेदन परेको छ । जसमा १ लाख ८१ हजार २ सय ३३ आवेदनबाट २८ अर्ब ४९ करोड ९६ लाख रुपैयाँको सेयर माग बैंकको विक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।

जसमा आस्वा प्रणालीबाट सबैभन्दा बढी रकमको आवेदन परेको छ । जसमा ६१ हजार ५ सय आवेदकले आस्वा प्रणालीमार्फत १६ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको सेयरका लागि आवेदन दिएका छन् । पुरानो प्रणालीको फारमबाट १ लाख १९ हजार ७ सय २७ वटा आवेदन मार्फत ११ अर्ब ५४ करोड ४५ लाख रुपैयाँको सेयर आवेदन दिएका छन् ।

क्यापिटलका अनुसार आस्वा प्रणालीबाट बढी रकमको आवेदन परेको छ । अन्तिम दिन अर्थात हिजो ठूला लगानीकर्ताले आस्वाबाट बढी रकमको आवेदन दिएका छन् । तर, साना तथा ३० कित्ताको लागि आवेदन दिने लगानीकर्ताले भने पुरानै शैलीबाट एफपीओको लागि आवेदन दिएका छन् ।

बैंकले ३ अर्ब ३० करोड रुपैयाँ वरावरको २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ जारी गरेकोमा साढे २८ अर्ब रपैयाँ बरावरको आवेदन परेको हो । जस अनुसार लगानीकर्ताले ८ प्रतिशत सेयर पाउने देखिएको छ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL