Logo

सनराइज बैंकको नयाँ शाखा दमकमा, लकर सेवा समेत उपलब्ध

सनराइज बैंकको नयाँ शाखा दमकमा, लकर सेवा समेत उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको दमकमा नयाँ  शाखा स्थापना गरेको छ । मंगलवार एक कार्यक्रमवीच बैंकको सो शाखाको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रुपमा उद्दघाटन गरे ।

यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ सेवाहरु पुर्याउन सक्षम हुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ ।

हाल सन्राइज बैंक लिमिटेडले ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । निकट भविष्यमा बुधबारेमा अर्को शाखा खोल्न लागेको जानकारी दिएको छ । त्यस्तै बैंकको १३ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL