Logo

सनराइजको चौथौं अभिमुखिकरण कार्यक्रम, सामान्य लेखाशास्त्रका सिद्धान्तबारे जानकारी

सनराइजको चौथौं अभिमुखिकरण कार्यक्रम, सामान्य लेखाशास्त्रका सिद्धान्तबारे जानकारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी चौथौं अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन सोही बैंकका संचालक डा. भोगेन्द्र गुरागाइले गरेका थिए ।

कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको जानकारी गराएको थियो ।  साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौती रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना गा्रहक वर्गमा वित्तीय परामर्श पु¥याउने हेतुले सनराइज वैंक एडभाइजरी सेलको स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पु¥याउने उद्देश्यका साथ अगाडि बढेको बैंकका एसएमई हेड हरि आर्चायले जानकारी दिए । सहभागीहरुलाई उक्त कार्यक्रममा संचालक डा. भोगेन्द्र गुरागाईले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । मा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टड एकाउन्टेन्ट सुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ ।

यस कार्यक्रममा उद्यमीहरूलाई सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूजी व्यबस्थापनका आधारभूत नियम, नेपाल सरकारको कर नीतिलगायत बारे जानकारी दिइएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL