Logo

अब अल अन्सरीबाट पठाएको पैसा सिटी एक्स्प्रेसमा, दुई कम्पीबीच सम्झौता

अब अल अन्सरीबाट पठाएको पैसा सिटी एक्स्प्रेसमा, दुई कम्पीबीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

यूनाइटेड अरब एमिरेट्स स्थित अल अन्सारी एक्चेञ्च (क्याश एक्स्प्रेश) र नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानीका सम्बन्धमा सम्झौता भएको छ । यससँगै अब अल अन्सारीबाट पठाएको रकम नेपालस्थित सिटी एक्स्प्रेसका जुनसुकै शाखाबाट लिन सकिने भएको छ ।

दुई कम्पनीबीच फेबु्रअरी २०१७देखि सहकार्यमा सेवा प्रदान गर्ने सहमति भएको हो । सहमतिले अल अन्सारी एक्स्चेञ्जको नेपालमा सिटी एक्स्प्रेशको सबै पेइङ् लोकेशन मार्फत सञ्जाल बृद्धि भएको छ । त्यस्तै, नेपालका धेरैजसो प्रमुख रेमिट्यान्स करिडोरहरुमा रहेको सिटी एक्स्प्रेसको उपस्थितीलाई थप बलियो बनाएको छ ।

WCE TM logo (1)

‘अल अन्सारी (क्साश एक्स्प्रेश) विदेशबाट नगद पठाउने तथा नेपालमा प्राप्त गर्ने सबै नेपाली उपभोक्तालाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको छ’ अन्सारी एक्स्चेञ्जका महा प्रबन्धक रिशिद अल अन्सारीले भने ‘सिटी एक्स्प्रेससँगको यो सहकार्यले हाम्रा नेपाली उपभोक्तालाई छनोटका थप अवसरका साथै थप कार्य समय समेत उपलब्ध हुनेछ ।’ यो सहकार्यले विशेषगरी यूएई र कुवेतबाट हुने ट्रान्सफरमा थप सहजता मिल्ने उनले बताए ।

‘यूएई, कुवेत, जोरदन लगायत विश्वभर बलियो सञ्जाल रहेको यूएईकै सर्वाधिक ठूलो मनि ट्रान्सफर अल अन्सारी एक्स्चेञ्ज (क्याश एक्स्प्रेश)सँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ’ सिटी एक्स्प्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले ‘भने यो सहकार्यले नेपालमा मनि ट्रान्सफर सेवा थप सुदृढ गर्दै उपभोक्तालाई ५ हजार भन्दा बढी स्थानबाट सेवा उपलब्ध भइ उत्कृष्ट सेवा प्रदान गर्न सहयोग मिल्नेछ ।

मनि सर्भिस विजनेश (एमएसबी)का लागि पूर्ण लाइसेन्स प्राप्त अल अन्सारी एक्स्चेञ्ज, सेन्ट्रल बैंक अफ यूएईबाट नियमन गरिएको कम्पनी हो । ६० बर्ष भन्दा लामो समयदेखि एकल तथा ब्यवसायिक उपभोक्तालाई कुनैपनि समयमा जहाँपनि एक्स्चेञ्ज सेवा उपलब्ध गराइरहेको अल अन्सारी यूएईकै सर्वोत्कृष्ट तथा नवप्रबर्तनात्मक मनि सर्भिस विजनेश हो ।

नेपाली उपभोक्तालाई मनि ट्रान्सफर सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेस मनि ट्रान्सफर नेपालमा आधारित कम्पनी हो । सिटी एक्स्प्रेशसँग जापान, साउदी अरेविया, कतार लगायत विश्वका विभिन्न स्थानमा रेमिट्यान्सका लागि भित्री ब्यवस्था समेत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL