Logo

बोर्डको स्पष्टीकरण पछि रोकियो एनआईसीको सेयर लिलाम प्रक्रिया, अब के होला ?

बोर्डको स्पष्टीकरण पछि रोकियो एनआईसीको सेयर लिलाम प्रक्रिया, अब के होला ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेसँगै एनआइसी एसिया बैंकले सेयर लिलामी प्रक्रिया रोकेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न ८ वटा म्युचलन फण्ड र नेशनल लाइफ इन्स्योरेन्सको सेयर लिलामी प्रक्रियामार्फत विक्री गर्न बोलपत्र आब्हान गरेपनि बोर्डले स्पष्टीकरण सोधेपछि सुचना जारी गर्दै रोकेको हो ।

बैंकले बुधबार तीन दिनभित्र साढे २ करोड कित्ताभन्दा बढी सेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने भन्दै सुचना प्रकाशित गरेको थियो । तर, सोही दिन नियामक निकाय बोर्डले स्पष्टीकरण सोधेपछि आज अर्को सुचना जारी गर्दै विशेष कारणले गर्दा रोक्नुपरेको जानकारी दिएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको ८ वटा म्युचुल फन्डको कुल २ करोड २१ लाख ११ हजार ४ सय ८० इकाई र नेसनल लाइफको ६५ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्रीका लागि सुचना प्रकाशित गरेको थियो । जसमा लक्ष्मी भ्यालु फण्ड १ को २ लाख ४३ हजार ५१ ईकाई, एनाआईबीएल सम्बृद्धि फण्ड १ को ५८ लाख ४६ हजार ८ सय १०, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को ३५ लाख २० हजार ६ सय १९, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ १ को २ लाख ४८ हजार २ सय, सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको ५६ लाख ७५ हजार ६ सय ७, ग्लोबल आईएमई समुन्नत स्किम १ को ३७ लाख ६७ हजार २ सय ६८, एनएमबी हाईब्रिड फण्ड १ को १२ लाख ६१ हजार ९ सय १ र नबिल ईक्विटिी फण्डको ८ लाख ६८ हजार ४ ईकाइ रहेका छन् ।

तर, नियामक निकालयले भने म्युचुअल फण्डको इकाई दोस्रो बजारमार्फत विक्री गर्नुपर्ने बताएको छ । नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बाहेक अरु लिलामीबाट विक्री गर्न नमिल्ने बोर्डको तर्क छ । नियामक निकायको सो स्पष्टीकरणसँगै बैंकले लिलामी प्रक्रियाबाट सेयर विक्री गर्न नमिल्ने देखिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL