Logo

बंगलादेश बैंकको नाफामा ५० प्रतिशतले बृद्धि, ६ महिनामा कमायो ५४ करोड

बंगलादेश बैंकको नाफामा ५० प्रतिशतले बृद्धि, ६ महिनामा कमायो ५४ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो नाफामा ५० प्रतिशतले बृद्धि गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ५४ करोड ६ लाख रुपैयाँ नाफा कमाउँदै गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बृद्धि गरेको हो ।

बैंकले खराव कर्जा उठौती र ब्याज आम्दानीमा बृद्धि गरेसँगै नाफामा उच्च बृद्धि भएको हो । सो अवधिमा बैंकको १ दशमलव ०८ प्रतिशत रहेको खराब कर्जा शुन्य दशमलव ९९ प्रतिशतमा झार्न सफल भएको छ ।

सो अवधिमा बैंकले ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अवधिमा प्रति सेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ भने प्रति सेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL