Logo

प्रभुको नाफामा उल्लेख्य बृद्धि, ६ महिनामा कमायो १ अर्ब ११ करोड

प्रभुको नाफामा उल्लेख्य बृद्धि, ६ महिनामा कमायो १ अर्ब ११ करोड


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रभु बैंक लिमिटेडले एक अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको खराव कर्जा उठेसँगै नाफामा उच्च बृद्धि भएको तथ्याङ्कले देखाएको छ । यो नाफा बैंकको गत आवको सोही अवधिको तुलनामा झण्डै २ गुणा बढी हो । बैंकले गत आवको पहिलो ६ महिनामा ४० करोड ५६ लाख रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको थियो।

हाल बैंकको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकले हालसम्म ७० अर्ब २१ करोड निक्षेप संकलन गरी ५६ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले आफ्नो खराव कर्जा उल्लेख्य रुपमा घटाएको छ । हाल बैंकले आफ्नो खराव कर्जालाई घटाएर कुल कर्जा प्रवाहको ४ दशमलव ८८ प्रतिशतमा झारेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL