Logo

ग्लोवल आईएमई र मास्टर कार्डवीच सम्झौता, ग्राहकलाई सुरक्षित र छिटो भुक्तानी सुविधा

ग्लोवल आईएमई र मास्टर कार्डवीच सम्झौता, ग्राहकलाई सुरक्षित र छिटो भुक्तानी सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच सम्झौता भएको छ । मास्टर कार्डको इस्युअर र अक्वायर प्रशोधन सेवा पुर्याउने उद्धेश्यका साथ सम्झौता गरिएको हो । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मास्टर कार्डका पेमेन्ट सलुसन्स, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दले हस्ताक्षर गरे ।

मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पटक नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको हो । जसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने बताइएको छ ।

सम्झौता पश्चात मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ ।

यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा क्यासलेस भुक्तानी प्रणली लागू गर्न मद्दत गर्ने छ । बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नका लागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL