Logo

६२ लाख कित्ता एफपीओ जारी गर्दै बीओकेएल, संस्थापक र साधारण सेयर ५१ः४९ अनुपातमा

६२ लाख कित्ता एफपीओ जारी गर्दै बीओकेएल, संस्थापक र साधारण सेयर ५१ः४९ अनुपातमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बैंक अफ काठमान्डू लुम्बिनीले फरदर पब्लिक अफपरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले संस्थापक र साधारण सेयर हिस्सा ४९ः५१ को अनुपात कायम गर्न एफपीओ मार्फत संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकको १७ गते वसेको संचालक समितिको बैंकले एफपीओ जारी गर्ने निर्णय गरेको हो । जस अनुसार बैंकले ६२ लाख ८ हजार कित्ता एफपीओ प्रिमियम मूल्यमा बिक्री गर्ने भएको छ । सो सम्बन्धमा बैंले भर्खरै मात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख ९१ हजार रूपैयाँ रहेको छ । यसबाट बैंकले २३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव समेत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL