Logo

सनराइजको वार्षिक साधारणसभा सम्पन्न, सेयर धनीलाई ३३ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद

सनराइजको वार्षिक साधारणसभा सम्पन्न, सेयर धनीलाई ३३ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेयर धनीलाई ३३ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गर्दै उक्त साधारणसभा सम्पन्न भएको छ ।

बैंकको अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न साधारण सभाले सो निर्णय पारित गरेको हो । उक्त निर्णय पारितसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब पुग्ने छ । साथै बैंकले चालू आर्थिक वर्षको बोसन सेयरबाट ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

बैंकले ६७ शाखा कार्यालय र ७२ वटा एटिएमबाट बैंकिङ सेवन दिँदै आएको छ । हाल बैंकले सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङ लगायत आधुनिक बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL