Logo

गुडविलको नाफा ३ गुणाले बढ्यो, खराबकर्जा उठौती र व्याज आम्दानीमा सफलता

गुडविलको नाफा ३ गुणाले बढ्यो, खराबकर्जा उठौती र व्याज आम्दानीमा सफलता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गुडविल फाइनान्सले आर्थिक वर्ष २०७२/७३ मा १३ करोड १४ लाख रुपैयाँ खुदनाफा कमाएको छ । यो नाफा आव २०७१/७२ को तुलनामा ३ गुणा अर्थात ९ करोड ९ लाख रुपैयाँले बढि हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा कुल ४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

फाइनान्सले आफ्नो व्याज आम्दानीमा बृद्धि गरेसँगै समग्र नाफामा सुधार आएको हो । सो अवधिमाले बैंकले ४१ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । यसैगरी बैंकले खरावकर्जा असुलीमा पनि सफलता प्राप्त गरेको छ । गत आवमा बैंकल १ करोड रुपैयाँ राइटब्याक गरेको छ ।

गुडविलको प्रति सेयर आम्दानी ३६ रुपैंयाँ २२ पैसा छ भने प्रति सेयर नेटवर्थ १ सय ५२ रुपैंयाँ १५ पैसा रहेको छ । हाल फाइनान्सको चुक्ता पूँजी ३६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL