Logo

नविल बैंकको नाफा २८ प्रतिशतले बढ्यो, ९ महिनामा २ अर्ब कमायो

नविल बैंकको नाफा २८ प्रतिशतले बढ्यो, ९ महिनामा २ अर्ब कमायो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नविल बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्मा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको साही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

बैंकको ब्याज आम्दानीमा बृद्धि भएसँगै खुद नाफामा उच्च बृद्धि भएको हो । यसैगरी, निस्क्रिय कर्जा वापतको प्रोभिजन रकम घटेको छ भने कर्जा नोक्सानी वापत राखिएको रकम फिर्ता समेत बढेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । हाल बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको १ दशमलव ४९ प्रतिशत रहेको छ ।

बैंकले सो अवधिमा १ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा भने ६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL