Logo

नेपाल र म्यान्मारबीच समझदारी पत्रमा हस्ताक्षर, पर्यटनमा सहयोग पुग्ने

नेपाल र म्यान्मारबीच समझदारी पत्रमा हस्ताक्षर, पर्यटनमा सहयोग पुग्ने



काठमाडौं । म्यान्मार र नेपालबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

laxmi

म्यानमारको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

राष्ट्रपति भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्मारको राजधानी नेपित पुगेकी हुन ।

दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आजै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी छिन । त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारद (‘गार्ड अफ अनर’) दिएको थियो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायतका रहेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL