Logo

विदेशी पर्यटकमार्फत ७३ अर्ब भित्रिदा बाहिरियो ८९ अर्ब, अध्ययनमा मात्रै ४६ अर्ब

विदेशी पर्यटकमार्फत ७३ अर्ब भित्रिदा बाहिरियो ८९ अर्ब, अध्ययनमा मात्रै ४६ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा सेवा खाता अन्तरगत विदेशी पर्यटकबाट ७३ अर्ब ५७ करोड रुपैयाँ भित्रिएको छ ।

laxmi

विदेशी पर्यटकबाट उठाएको शुल्कमा भने ९ दशमलब ७ प्रतिशतले वृद्धि भई ७३ अर्ब ५७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आय ६७ अर्ब ९ करोड रुपैयाँ मात्रै रहेको थियो ।

त्यस्तै आव २०७५/७६ मा सेवा खाता अन्तरगत नेपालीले विदेशमा गरिने खर्चमा समेत वृद्धि भएको छ । नेपालीले विदेशमा गर्ने खर्चमा १२ दशमलब ५ प्रतिशतले वृद्धि भई ८९ अर्ब ५८ करोड रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही तुलनामा नेपालीले विदेशमा गरिने खर्च ७९ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।

नेपालीले विदेश भ्रमणलगायतका खर्च मध्ये सबै भन्दा बढी शिक्षामा रहेको छ । यस बर्ष शिक्षामा मात्रै नेपालीले ४६ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका हुन । आव २०७५/७६ मा खुद सेवा आय १६ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ ।

तथ्याङ्क अनुसार अघिल्लो वर्ष खुद सेवा आय २ अर्ब २७ करोड रुपैयाँले नाफामा रहेको थियो । तर आव २०७५/७६ मा उक्त बचत घटेर साढे १६ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL