Logo

नेपाललाई कालोसुचीबाट हटाउन इयुको पदाधिकारीसँग छलफल, कहिले उडला नेपाली जहाज युरोपको आकाशमा

नेपाललाई कालोसुचीबाट हटाउन इयुको पदाधिकारीसँग छलफल, कहिले उडला नेपाली जहाज युरोपको आकाशमा



काठमाडौं । नेपाली ध्वजाबाहक जहाजलाई युरोपका आकाशमा उडान गर्नेबारे छलफल भएको छ ।

laxmi

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनका अवसरमा उक्त छलफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनराज पोखरेलले जानकारी दिएका छन ।

महानिर्देशक पोखरेलले इयूको कालोसूची हटाउने सन्दर्भमा इयूका पदाधिकारीबीच सकरात्मक छलफल भएको बताएका छन । उनले सो छलफलमा नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढङ्गले राखेको आईतबार पत्रकार भेटघाटमा जानकारी दिएका छन ।

आइकाओले भने सुरक्षा परीक्षणमा नेपालले आधारभूत विश्वव्यापीस्तर पार गरेको भन्दै सन् २०१७ मै नेपाली वायु सेवालाई राखेको गम्भीर सुरक्षा चासोको सूचीबाट हटाइसकेको छ । तर इयुले भने हामीलाई अझै कालोसुचीबाट हटाएको छैन । उनले भने, ‘हामीलाई कालोसुचीमा राख्नु पर्ने त्यस्तो कारण पनि केही छैन ।’

आइकाओ हवाई महानिर्देशकहरुको सम्मेलन इतिहासमै सबैभन्दा धेरै ४११ जना विदेशी प्रतिनिधिको सहभागिता रहेको सम्मेलन अत्यन्तै सफल र फलदायी भएको प्राधिकरणका महानिर्देशक पोखरेलले बताए ।

५ दिनसम्म भएको सम्मेलनमा उडान सुरक्षा, हवाई सुरक्षा सुविधा, एयर नेभिगेसन सेवा, हवाई वातावरणसम्बन्धी विषय, प्राविधिक सहयोग, क्षेत्रीय सहकार्यलगायत विषयमा छलफल भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

महानिर्देशक पोखरेलका अनुसार भारत, चीन, बङ्गलादेश, दक्षिण कोरिया, जापान, इण्डोनेशिया, संघीय उड्डयन प्रशासन अमेरिका र युरोपेली उड्डयन सुरक्षा एजेन्सीसँग दुई पक्षीय सकारात्मक छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL