Logo

तोकिएकै समयमा जापान उडान हुन्छ, ‘हामी ढाँट्दैनौं जे हो सत्य बोल्छौं’ : खरेल

तोकिएकै समयमा जापान उडान हुन्छ, ‘हामी ढाँट्दैनौं जे हो सत्य बोल्छौं’ : खरेल



काठमाडौं । ‘हामी ढाँट्दैनौं जे हो सत्य बोल्छौं’ नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने ।

laxmi

उनले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै तोकिएकै समयमा जापानको ओशाका उडान तयारी भएको भन्दै सो कुरा बताएका हुन । उनले सुरुको एक महिना यात्रुको संख्यामा केही कम भए पनि अक्टुबर देखी भने यात्रुको संख्या बढ्ने विस्वास ब्यक्त गरेका छन ।

‘हामी एक बर्षको अबधिमा जहाजलाई पूर्णरुपमा संचालन गरेर भ्रमण बर्ष २०२० मा करिब ४५ हजार जापानी पर्यटक ल्याउने छौं ।’ उनले भने, ‘हामी एक बर्षको अबधिमा ८० प्रतिशत अकुपेन्सी पुर्याउछौं ।’

निगमले वाइडबडी जहाज ल्याएको करिब १४ महिनापछि जापानको ओशाकामा उडान भर्ने तयारी गरेको हो । निगमले अहिले सबै तयारी पुरा भएको भन्दै आमजनतालाई जापान उडान हुन्छ की हुँदैन भनेर भ्रममा नपर्न समेत खरेलले आग्रह गरेका हुन ।

निगमको वाईडबडी ए ३३०–२०० जहाज मार्फत भदौ १२ गते काठमाडौं–जापान पहिलो उडान भर्नेछ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ र ओशाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।

निगमले अहिले १ महिनाका लागि एकतर्फी भाडादर भने ३६ हजार ९ सय ९९ र दुईतर्फी भाडादर भने ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ । निगमले हप्तामा ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL