Logo

भ्रमण बर्ष लक्षित मौद्रिक नीति, अब हरेक स्थानीय तहमा विदेशी मुद्रा सटही काउण्टर

भ्रमण बर्ष लक्षित मौद्रिक नीति, अब हरेक स्थानीय तहमा विदेशी मुद्रा सटही काउण्टर



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रमुख पर्यटकीय स्थलहरुमा विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने भएको छ ।

laxmi

नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिबी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले छुट्टै काउण्टर खोली विदेशी मुद्रा सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था मिलाउने बताएका हुन ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य अनुरुप उनीहरुलाई विदेशी मुद्रा सटहीमा सहज वातवरण ल्याउनकै लागि हरेका स्थानीय तहमा उक्त काउण्टर स्थापना गर्ने बताएका हुन ।

साथै अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई समेत नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने भएको छ ।

विदेशी विनिमय कारोबारलाई प्रभावकारी ढंगले अनुगमन गरी औपचारिक माध्यम वाहिर हुने विप्रेषण लगायतका कारोबारलाई बैंकिङ प्रणालीको दायरामा ल्याउने व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL